बिहीबार, १५ चैत २०८०

सेञ्चुरी बैंकमा ५ रुपैयाँमै बचत खाता खोल्नुहोस् !

समयपोष्ट २०७३ भदौ २१ गते ११:०३

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै ५ रुपैयाँमा बचत खाता खोल्ने नयाँ बचत खाता योजना ल्याएको छ ।

Advertisement

बैंकले भदौ १२ गतेबाट यो योजना सुरु गरेको हो । खातामा वार्षिक तीन प्रतिशतका दरले मासिक रुपमा ब्याज मुक्तानी गरिने छ । साथै ३ सय ५० रुपैयाँमा डेबिड कार्ड र दुई लाखसम्म निक्षेप सुरक्षण बिमा प्रदान गरिएको जनाइएको छ ।

बैंकको आर्थिक बर्ष २०७२,७३ को असार मसान्तसम्म कुल निक्षेप २८ अर्ब ९७ करोड र कर्जा २५ अर्ब ८ करोड परिचालन गरेको छ । यस्तै सो आवमा ५६ करोड १८ लाख सञ्चालन मुनाफा र ३८ करोड २६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री