शुक्रबार, ७ वैशाख २०८१

सेयर दलाल थ्राइभ ब्रोकरेजको कारोबारमा रोक

समयपोष्ट २०७४ असोज १० गते ६:४१

नेपाल स्टक एक्सचेञ्जले सेयर दलाल नम्बर १३ को थ्राइभ ब्रोकरेजलाई सेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले समयमा राफसाफ नगरेको भन्दै कम्पनीलाई तिन दिनको लागि निलम्बन गरिएको हो । 

Advertisement

सेयर किनबेच गरेको रकम तीन कार्य दिनमा भुक्तान नगर्ने दलाललाई यसरी निलम्बन गर्ने गरिन्छ । यस अघि राफसाफ नगराउने दलाललाई सात कार्य दिनका लागि निलम्बन गर्ने गरिएकोमा केही समय अघि देखि तीन दिनका लागि मात्र निलम्बन गर्न थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री