बिहीबार, १३ वैशाख २०८१

नेपाल बैंकको स्वामित्वमा रहेको डिप्रोक्सको सेयर लिलामीमा

समयपोष्ट २०७४ असोज ९ गते ६:००

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्स लघुवित्त विकास बैंकको सेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।  बैंकले ५१ हजार ७५८ कित्ता साधारण सेयर सोमबारबाट बोलपत्र आह्वान गरेको हो । 

Advertisement

बैंकले प्रतिकित्ता १२ सय रुपैयाँमा नघट्ने गरि  बोलपत्र माग गरेको छ ।  इच्छुक लगानीकर्ताहरुले कम्पनीको सेयरमा असोज २३ गतेसम्म आवेदन दिन सक्नेछन् । शिलबन्दी बोलपत्र असोज २४ गते विहान ७ बजे बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खोलिने छ। बैंकले यसअघि ‍असोज ४ गतेसम्म एक लाख ८० हजार ३७८ कित्ता साधारण सेयर बोलकबोल बिक्री खुल्ला गरेको थियो ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री