बिहीबार, ६ वैशाख २०८१

बोनस शेयरबाटै चुक्ता पुँजी पुर्याउँछौं 

समयपोष्ट २०७४ असोज ३ गते ४:०९

राष्ट्रिय बीमा कम्पनीको अहिलेको अवस्था कस्तो छ ?

Advertisement

हाम्रो मुख्य समस्या भनेको अडिट गर्ने हो र अडिटको लागि हामी लागिरहेका छौँ । त्यसको लागि बीमा समिति र महालेखा परीक्षकको कार्यालयले पनि हामीलाई अडिट गर्नका लागि समय दिएको छ । त्यसको लागि हामी लागिपरेका छौँ । 

 अडिट के कारणले रोकिएको ?

यो अहिलेको कुरा होइन, १०–११ वर्षकै अडिट बाँकी छ । यो हाम्रो कारणले रोकिएको होइन । अहिले तीन वर्षको अडिट सकाएर वार्षिक साधारणसभा गर्यौं। अब फेरि वार्षिक साधारणसभा सकाएर विस्तारै लाग्छौँ ।

 चुक्ता पुँजी कसरी बढाउँदै हुनुहुन्छ ?

अहिले हाम्रो २६ करोड ६६ लाख पुँजी छ । त्यसबाट बढाएर एक अरब  पुर्याउनुपर्ने छ । अडिट गर्दै जाँदा बोनस सेयरहरूबाट पुँजी पुर्याउने सोच बनाएका छौँ ।

 मान्छेहरूमा बीमा साक्षारताको कमी छ, यो बढाउन के गर्नुपर्ला ?

बीमाको साक्षारताको एकदम कमी छ । अवेरनेस कम छ । बीमा समितिसँग फण्डहरू प्रसस्त छन् र हामीले हरेक बीमा गर्दा लाइफले पनि ननलाइफले पनि एक प्रतिशत समितिलाई दिन्छौँ । यसको लागि बीमा समितिले अलिकति रोलप्ले गर्नुपर्छ । यसो भयो भने अवेरनेस पनि बढ्छ, बीमा बजार पनि विस्तार हुन्छ जस्तो लाग्छ मलाई ।

bir bikram rayamajhi 1

 सरकारी बीमा कम्पनीले निजीसंग प्रतिस्पर्धा गर्न नसकेको जस्तो देखिन्छ नि ?

हामीलाई प्रतिस्पर्धा गर्न कठिनाइ छ । हामीले बजेटभन्दा एक पैसा पनि खर्च गर्न सकिँदैन । त्यो कारणले पनि हामी अलिकति प्रतिस्पर्धामा कमी भएको हो, बजारमा हाम्रो पहुँच कम हुने कारण पनि यही हो । हाम्रो कम्पनी भनेको एजेन्टबेस हो, एजेन्टहरूले व्यापार ल्याउछँन्, त्यसमा पनि अहिले बीमा समितिले एजेन्टको कमिसन दर घटाइदिएको छ । १५ प्रतिशतबाट ५ प्रतिशतमा झारिदिएको छ । त्यसले गर्दा पनि हामीलाई झन् असजिलो भएको छ । 

 बीमाको भुक्तानी पनि सहजैरूपमा नपाएको भन्ने गुनासो सुनिन्छ ?

दाबी भुक्तानीका कम्प्लेनहरू आइराख्छन् । समयमा कागजपत्र दिन नसक्ने, सर्वेहरूलाई दिनुपर्ने डकुमेन्टहरू समयमा नदिने जस्ता कमीले गर्दा झन्झट जस्तो देखिएको हो ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री