बिहीबार, ६ वैशाख २०८१

फेरी ओर्लियो सेयर बजार

समयपोष्ट २०७४ असोज २ गते ११:११

सोमबार नेप्से परिसुचक ४.२४ अंकले घटेर १५४३.७० अंकमा ओर्लिएको छ । यसदिन १६१ कम्पनीका १० लाख ३५ हजार कित्ता शेयर ४६ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर दुई करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । 

Advertisement

आज उपसूचक मिस्रित देखिएका छन्। बैंक २.५२, होटल २०.०५, विकास बैंक १.६२, फाइनान्स ५.८६, बीमा ७९.६ र अन्य १.७३ अंकले घटेको छ। ट्रेडिङ् २०.७, जलबिद्युत १४.८९, उत्पादनमूलक २.३३ अंकले बढेको छ । आज विशाल बजार कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ४.३६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री