मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास, काँग्रेस संसदीय दलले निकाल्यो विज्ञप्ति

प्रतिनिधिसभा सांसद डा. मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएको छ । आइतबार दिउसो तनहुँ जिल्लाका रिसिङ गाउँपालिकाको भवन शिलन्यासका लागि जाने क्रममा प्रतिनिधिसभा सदस्य रिजालमाथि आक्रमण प्रयास भएको थियो ।

Advertisement

उक्त घटनाप्रति नेपाली काँग्रेस संसदीय दलले गम्भीर ध्यानकर्षण भएको बताएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक बिज्ञप्ती जारी गरी प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै पनि प्रतिनिधि सभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी बताए ।

सांसद रिजालमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले अपराधिशैलीमा बाटोमा अवरोध सृजना गर्नुका साथै विभिन्न स्थानमा ढुंङ्गामुढा गर्ने प्रयास समेत भएको खाँणको आरोप छ ।

‘प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै पनि राष्ट्रको उच्च पदमा रहनु भएका प्रतिनिधि सभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी हो । यस घटनाले सरकार, प्रहरी तथा स्थानीय प्रशासनको गैरजिम्मेवारीपन छर्लङ्ग भएको छ । सत्ताको आडमा नेपालको संविधानलाई ठाडो चुनौती दिदै भएको यस घृणित एवं अपराधिक कार्यप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

नेकपाका कार्यकर्ताहरुले एकपछि अर्को अपराधिक घटनाहरु घटाइरहेको भन्दै यस प्रकृतिका घटनाहरु तत्काल रोक्नका सरकारलाई सचेत गराउँदै घटनामा संलग्न दोषीहरुलाई कानूनी कारवाही गर्न प्रमुख सचेत खाँणको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री