शनिबार, १५ वैशाख २०८१

अस्पतालको उपचार पद्दतिले रोग निको हुन नसक्दा…

समयपोष्ट २०७६ असोज ११ गते १६:२०

Advertisement

लमजुङमा अस्पताल र औषधि पसलको सङ्ख्या वृद्धि भए पनि आयुर्वेदिक उपचार गर्ने बिरामीको सङ्ख्यामा दिनहुँ वृद्धि हुँदै गएकोे छ । अस्पतालको उपचार पद्दतिले रोग निको हुन नसक्दा बिरामीको सङ्ख्यामा वृद्धि भई आयुर्वेदिक उपचारको माग बढेको हो ।

बँेसीशहर नगरपालिका–१० बाँझखेतमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक दुईजना आउने गरेकामा केही समयबाट दैनिक ३०÷३५ जनाको हाराहारीमा आयुर्वेदिक उपचारका लागि बिरामी आउने गर्दछन् । वडा नं ६ का कृष्णबहादुर आलेले भन्नुभयो, “मलाई शरीर चिलाउने समस्याले सताउन थाल्यो अनि जिल्लाका विभिन्न अस्पतालमा गएर जाँच गरेर औषधि पनि खाए तर एक वर्षभन्दा बढीसम्म पनि समस्या उस्तै रह्यो, अनि यहाँ आयुर्वेदमा उपचार गरेमा निको हुने थाहा पाएपछि जाँच गरी उपचार गर्न आयुर्वेद केन्द्रमा आएको हुँ ।”

दोर्दी गाउँपालिकाकी ५५ वर्षीय सुमित्र घिमिरेले एक वर्षअघिदेखि महिला सम्बन्धी समस्या तथा पाठेघर सम्बन्धी समस्या हुनथालेपछि अस्पतालमा भन्दा आयुर्वेदमा उपचार राम्रो हुने विश्वास लागेको बताउनुभयो । उहाँहरु मात्रै होइन जिल्लाका विभिन्न ठाउँबाट बिरामीको आकर्षक आयुर्वेद केन्द्रको उपचारमा बढ्न थालेको छ । गत आर्थिक वर्षमा मात्रै पुरुष ७७४ र महिला एक हजार चार गरी एक हजार ७७८ बिरामीले सेवा लिएको केन्द्रले जनाएको छ ।

त्यस्तै ज्येष्ठ नागरिक प्रबद्र्धन कार्यक्रम अन्तर्गत ७० वर्षमाथिका ११५ ले सेवा लिएको बताइएको छ । केही समय अघि प्राचीन चिकित्साशास्त्र र पौपार्य दृष्टिकोणबाट पाँचांै वेद मानिएको आयुर्वेद केही ओझेलमा परे पनि अहिलेको समयमा बिरामीको विश्वास विस्तारै बढ्न थालेको छ । अधिकांश बिरामी रोग जीर्ण अवस्थामा पुगेपछि मात्र आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका कविराज निरीक्षक शम्भु चापागाईंले बताउनुभयो ।

उहाँका अनुसार आयुर्वेद केन्द्रमा बाथरोग, कमलपित्त, पेटका रोगी, मधुमेह, रक्तचापलगायतको उपचार हुँदै आएको छ । केन्द्रमा उपचार असम्भव भएका बिरामीलाई काठमाडौंँस्थित नरदेवी आयुर्वेदिक अस्पतालमा पठाउने गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री