शनिबार, ८ वैशाख २०८१

अस्पष्ट र अपूर्ण सूचना दिदा सर्वसाधारण अन्योलमा परेको भन्दै नेप्सेले दियो यस्तो निर्देशन

समयपोष्ट २०७४ भदौ ३० गते ९:१४

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने सूचना स्पष्ट रुपमा दिएको खाकामा प्रवाह गर्न सूचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । कतिपय कम्पनीहरुले अस्पष्ट र अपूर्ण सूचना दिदा सर्वसाधारण लगानीकर्तामा अन्यौल सिर्जना भएको भन्दै नेप्सेले शुक्रबार कम्पनीका सिईओ र कम्पनी सचिवहरुलाई यस्तो निर्देशन दिएको हो । 

Advertisement

नेप्सेले आज कम्पनीहरुको नाममा सूचना सम्प्रेषण गर्ने नमूना समेत उपलब्ध गराउँदै निर्देशन जारी गरेको छ । 

धितोपत्र सूचिकरण सम्झौता अनुसार सूचिकृत कम्पनीहरुले नेपाल स्टक एक्सचेञ्जलाई सम्प्रेषित हुने सूचनामध्ये सेयर दाखिला खारेज(बुक क्लोज) सम्बन्धी सूचना पठाउँदा नेप्सेले तोकेको खाका बमोजिम पठाउन निर्देशन दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणपछि नेप्से धितोपत्र बोर्डको स्पष्टीकरणमा परेको थियो ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री