शुक्रबार, १६ चैत २०८०

शेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक १५३०.३१ अंकमा उक्लियो

समयपोष्ट २०७४ भदौ २९ गते १०:२९

साताको अन्तिम दिन बिहीबार  सेयर बजार ३७.११ अंकले बढेर १५३०.३१ अंकमा उक्लिएको छ। बुधवार बजार १४९३.२० अंकमा ओर्लिएको थियो।  बिहीबार कारोबारको सुरुवातदेखि नै बढ्न सुरु गरेको बजार कारोबारको अन्तिम समयसम्मै बढेर बन्द भएको हो।
आज १ सय ६१ कम्पनीका ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद बिक्री भएको छ । ६३ करोड ५० लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढि नेपाल लाइफको तीन करोड रुपैयाँको कारोबार भएको छ।
आज कारोबारमा आएका सबै उपसुचक बढेका छन्। बैंकिङ ३६.९७, ट्रेडिङ् १७.१४, होटल ४३.६, विकास बैंक २३.९१, जलबिद्युत १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन मुलक ३४.११ र अन्य १०.४१ अंकले बढेको छ। आजदेखि कारोबार खुलेको विशाल बजार कम्पनीको सबैभन्दा बढि मूल्य १० प्रतिशत बढेको छ। नेशनल माइक्रोफाइनान्सको करिब १० प्रतिशतनै मूल्य घटेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री