बुधबार, ५ वैशाख २०८१

पोखरा फाइनान्सको एफपिओ बाँडफाँड :१० र २० कित्तासम्म सबैले पाए

समयपोष्ट २०७४ भदौ २९ गते १०:१५

पोखरा फाइनान्सले निष्कासन गरेको थप साधारण सेयर (एफपिओ) बिहिबार बाँडफाँड भएको छ । आवेदकले १०, २०, २१ र ३० कित्तासम्म शेयर पाएका छन् । १० कित्ताका लागि १४ हजार ९६८ जना,२० कित्ताका लागि १० हजार एक सय ६ जनाले आबेदन दिएका थिए । १० र २० कित्ताका लागि आवेदन दिएका सबैले शेयर पाएका छन् । ३० कित्तादेखि चार हजार नौ सय कित्तासम्म आबेदन गर्नेलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरेर २२० रुपैयाँमा नौ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री