आइतबार, २० जेठ २०८१

करिश्मा ‘मिसेस नेपाल इन्टरनेशनल’, रुकमाङ्गद र राजेश हमालले लगाइदिए क्राउन

समयपोष्ट २०७६ असोज ६ गते १२:४७

Advertisement

अभिनेत्री करिश्मा मानन्धर मानार्थ ‘मिसेस नेपाल इन्टरनेशनल’ उपाधिबाट सम्मानित भएकी छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’मा अभिनेत्री मानन्धरालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको हो ।

पूर्व प्रधानसेनापति रुकमाङ्गद कट्वाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन लगाइदिएका थिए । कार्यक्रममा गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्तानाकोत्तरकी बिद्यार्थी भाविषा कोइराला चटौतले पाँचौ ‘मिसेस नेपाल इन्टरनेशनल’को उपाधि चुमेकी छन् ।

Advertisement

भाविषा फेशन आइकन पनि भएकी छिन् । उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आप्mनो पोल्टामा पारिन् । सोही प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम ‘एमएस नेपाल इन्टरनेसनल २०१९’ बिजेता घोषित भइन् ।

भाविषा र रंगिनाले विजेता बन्दै सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

विभिन्न पेशामा आवद्ध ३० विवाहित महिलाका बीच सम्पन्न प्रतियोगितामा पूर्वप्रधानसेनापति रुकमाङ्गद कट्वाल प्रमूख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा.आभास लाभ निर्णायक रहेको प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर्स अप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनर्सअप र बेस्ट ¥याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड़ मल्ल मष्ट पपुलर र मस्ट फ्रेण्डली तथा आश्मा तामाङ पब्लिक च्वाईस र मस्ट गर्जियस भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री