बुधबार, १२ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७६ असोज १ गते १७:५३

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

असोज १ बुधवार कमलपोखरी स्थित अग्रवाल भवनमा २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

कम्पनीको २४ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/ गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री