शनिबार, १५ वैशाख २०८१

दशैंका लागि नयाँ नाेट सटही सुविधा आजबाट

समयपोष्ट २०७४ भदौ २८ गते ८:२८

सर्वसाधारणले आजबाट दशैंका लागि  नयाँ नोट साट्न पाउने भएका छन् । यस पटक सर्वसाधारणले तीन वटा सरकारी बैंक नेपाल बैंक,राष्ट्रिय वाणिज्य बैंक र कृषि बिकास बैंकमार्फत नोट सटही सुविधा प्राप्त गर्नसक्नेछन् ।राष्ट्र बैंकका अनुसार सर्वसाधारणले नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न सक्नेछन् ।

Advertisement

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ । कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालय र मुद्रा सञ्चिति रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ । बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री