शुक्रबार, १६ चैत २०८०

नेपाल बैंक लिमिटेडको संस्थापक शेयर आजबाट लिलामीमा

समयपोष्ट २०७४ भदौ २७ गते ७:१९

नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री खुला गर्ने भएको छ। बैंकले कोषमा रहेको दुर्इ लाख ११ हजार ५१५ कित्ता संस्थापक शेयर मंगलबारबाट असोज २४ गतेसम्म बोलपत्र आह्वान गरेको छ।
बैकले कोषको संस्थापक शेयर बोलकबोलकालागि न्यूनतम मुल्य तीन हजार ५० रुपैयाँ तोकेको छ । बोलपत्र आह्वानकालागि न्यूनतम १० हजार कित्ता र त्यसभन्दामाथि १० ले भाग जाने अंकमा रहेर आह्वान गर्नु पर्ने बैंकको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आह्वान भएका शिलबन्दी बोलपत्र असोज २४ गते खोलिले सिद्धार्थ क्यापिटलले जनाएको छ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री