शनिबार, १५ वैशाख २०८१

केही सम्हालियो शेयर बजार, नेप्से ३.६० अंकले बढ्यो

समयपोष्ट २०७४ भदौ २६ गते १२:०१

आइतबार ३५ अंकले पहिरो गएको शेयर बजार सोमबार भने केही सम्हालिएको छ । कारोबार खुलेको पहिलो घण्टा करिब नौ अंकले घटेको बजार दोस्रो घण्टाबाट फर्किएको थियो। साढे १२ बजे करिब नौ अंक बढेर बजार सूचक १५२९ अंकसम्म उक्लिएको थियो। त्यसपछि लगातार घटेको सूचक कारोबारको अन्त्यमा थोरै बढेर बन्द भयो।

Advertisement

सोमबार बजार मापक सूचक ३.६० अंकले बढेर १५२३.२६ अंकमा उक्लिएको छ। अघिल्लो दिन आइतबार सूचक ३४.८९ अंकले घटेको थियो। सोमबार सेन्सेटिभ इन्डेक्समा समेत सुधार देखिएको छ। ०.४४ अंकले बढेर ३१९.६७ अंकमा सेन्सेटिभ इन्डेक्स उक्लिएको छ।
सोमबार १६० कम्पनीका १७ लाख १७ हजार कित्ता शेयर ८४ करोड १३ लाख रुपैयाँमा खरिद बिक्री भयो। आज सबैभन्दा बढी नबिल बैंकको शेयर खरिद बिक्री भयो।१० करोड २८ लाख रुपैयाँको कारोबार गर्दै  बैंकले कारोबार रकममा अग्रता कायम गर्यो।

आठ समूहको कारोबारमा पाँच समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेको छ। बैंक १.३९, फाइनान्स ०.६४ र अन्य १.१६ अंकले घटेको छ। होटल ३५.५६, विकास बैंक ११.०८, जलबिद्युत ६.३८, बीमा ८१.२५ र  उत्पादनमूलक ३०.६९ अंकले बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री