शुक्रबार, १४ वैशाख २०८१

पुँजी बजार दोहोरो अंकले बढ्यो

समयपोष्ट २०७४ भदौ २१ गते १३:३२

नेपालको पुँजी बजार बुधबार दोहोरो अंकले बढेको छ । बुधबारको बजार ११.९४ अंकले बढेको हो । यो सँगै बजार १५६६.५० अंकमा उक्लिएको छ । 

Advertisement

एक सय ६४ कम्पनीको १६ लाख ४३ हजार २ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको बजारमा ८३ करोड ४३ लाख ४ सय ६६ रुपैयाँको कारोवार भएको छ । 

बुधबार बजारमा बैकिङ समूहको सूचक ११.८१ अंकले बढेको छ भने हाटल समूहको सूचक २२.०३, बिकास बैंक समूहको सूचक २०.६९ र जलविद्युत समूहको सूचक ३.०४ अंकले बढेको छ ।

फाइनान्स समूहको सूचक १.२२ अंकले बढेको बीमा समूहको सूचक ५५.२५ अंकले बढेको छ । अन्य समूहको सूचक ९.२५ अंकले बढेको बुधबारको उत्पादनमुलक समूहको सूचक भने ४८.०२ अंकले घटेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री