बिहीबार, १३ वैशाख २०८१

पुनःनिर्माणका लागि १३१ भूकम्पपीडितले तिन लाख बुझे, इञ्जिनियर नहुँदा आवास निर्माण भने प्रभावित

समयपोष्ट २०७४ भदौ १९ गते ९:३७

काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले तीन पटक गरी प्रत्येक घरपरिवारले रु तीन लाख लिएका छन् । भूकम्पपीडितले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख गरी कूल रु तीन लाख लिएका हुन् । 

Advertisement

जिल्लामा कूल ७२ हजार ४१७ भूकम्पपीडितले नाम दर्ता गरेका छन् । तीमध्ये ६३ हजार ८७० ले पहिलो किस्ताबापतको रु ५० हजार लगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ । तर पनि भूकम्पपीडितले आवास निर्माण गरेका छैनन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले आवास निर्माण प्रक्रिया सुस्त भएको उल्लेख गर्दै विभिन्न कारणले पुनःनिर्माण प्रक्रिया तीव्र हुन नसकेको बताए । 

उनले आठ हजार ५३३ जनाले आवास निर्माणको काम शुरु गरेको जानकारी दिँदै पहिलो किस्ताको रकम लगेर घरको जग निर्माण नै नगर्ने करिब ५५ हजार लाभग्राही भएको बताए ।  
प्राधिकरणका प्रमुख गैडाले जिल्लामा ११ हजार दुई जनाले आफूखुशी घर बनाएको भन्दै रकम दिन अस्वीकार गरेको उल्लेख गर्दै सरकारले तोकेको मापदण्डविपरीत निर्माण भएका घर सिफारिसमा नपर्ने बताए । 

पानीको अभाव, समयमै इञ्जिनियर घर बनाउन गाउँ नगएको लगायतका कारणले पुनःनिर्माण प्रभावित भएको बताइएको छ । जिल्लामा लाभग्राहीको संख्या ६९ हजार ४३१ रहेको छ भने अनुदान सम्झौता भएकाको संख्या ६३ हजार ५११ रहेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री