बुधबार, १२ वैशाख २०८१

नेपाल ग्रामीण विकास बैंकको एफपिओ आईपिओकै मुल्यमा भदौ २७ देखि जारी हुँदै

समयपोष्ट २०७४ भदौ १६ गते ५:४८

नेपाल ग्रामीण विकास बैंकले प्रतिकित्ता एक सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने भएको छ ।  बैंकले भदौ २७ गतेदेखि ३० गतेसम्म एफपिओ निष्काशन गर्ने भएको हो ।  बैंकले विना प्रिमियम आइपिओकै दरमा एफपिओ निश्कासन गरेको छ । बैंकको सेयर निश्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले  आस्वा सेवामा सहभागि बैंक तथा वित्तिय संस्था र तीनका शाखा कार्यालयमार्फत देशको ७५ वटै जिल्लाबाट आवेदन दिन सक्नेछन् । 

Advertisement

बैंकमा सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार  बैंकले एफपिओ निष्काशन गर्न लागेको हो । हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री