शुक्रबार, १४ वैशाख २०८१

बाढी पिडितका लागि डब्लुएफपीले खाद्यान्न वितरण शुरु गर्यो

समयपोष्ट २०७४ भदौ ११ गते ४:५१

संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको छ । 

Advertisement

डब्लुएफपीले स्थानीय निकायसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके र बर्दियामा दुई साताका लागि पुग्ने गरी चामल र दाल वितरण गर्न शुरु गरेको डब्लुएफपीका सञ्चार अधिकृत सीताष्मा थापाले जानकारी दिईन् ।  साथै स्थानीय बजार पुनःस्थापन भइसकेका क्षेत्रमा रहेका रौतहट जिल्लाका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद प्रदान गरिने उनले बताईन् । 
सरकारी तथ्यांकअनुसार केही दिनअघिको बाढीबाट तराईका ८० प्रतिशतभन्दा बढी भूभाग डुबान हुँदा त्यहाँ ठूलो संख्यामा घर, सञ्चित खाद्यान्न, गाईबस्तु÷चौपाया तथा बालिनालीमा क्षति पुगेको छ । मुलुकको अन्न भण्डारका रुपमा रहेको तराईमा बाढीका कारण धान तथा गहँुको उत्पादनमा समेत असर पर्ने अनुमान गरिएको छ । 

डब्लुएफपीले कुपोषणबाट बचाउनका लागि सरकार तथा अन्य साझेदार संस्थासँगको सहयोगमा बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५०० गर्भवती तथा सुत्केरी महिला र छ देखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि थप २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने जनाएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री