शुक्रबार, १६ चैत २०८०

पोखरा फाइनान्सको एफपिओमा करिब ५० हजारको आवेदन

समयपोष्ट २०७४ भदौ २ गते ८:१५

पोखरा फाइनान्सले निश्कासन गरेको एफपिओमा ७२ करोड ६० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । ४८ हजार पाँच सय आवेदनबाट उक्त रकम बराबरको आवेदन परेको एनआइबिएल क्यापिटलले जनाएको छ । फाइनान्सले एक सय रुपैयाँ फेस भ्यालुमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँमा एफपिओ जारी गरेको थियो । 

Advertisement

कम्पनीले श्रावण २७ देखि भाद्र १ गतेसम्म ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपिओ निश्कासन गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री