शनिबार, १५ वैशाख २०८१

साताको अन्तिम दिन नेप्से २.९१ अंकले घट्यो

समयपोष्ट २०७४ भदौ १ गते १०:१२

साताको अन्तिम दिन विहीबार नेप्से २.९१ अंकले घटेर १६२९.७५ अंकमा झरेको छ । १६६ कम्पनीको कारोबार भएको बजारमा ७५ करोड ७० लाख बराबरको सेयर खरिदबिक्री भएको छ ।यसदिन नेपाल लाइफ इन्स्योरेन्सकाे सबैभन्दा धेरै चार करोड ८५ लाख बराबरको सेयर किनबेच भयो ।

Advertisement

 बिहीबार बाणिज्य बैंक र जलबिद्युत समुह परिसुचक ०.५२ र ३.५३ अंकले बढेका छन् । यसदिन होटल समुह परिसुचक ८.०२,बिकास बैक समुह परिसुचक ५.०५,वित्त समुह परिसुचक ०.४८,बिमा समुह परिसुचक ३८.१५, उत्पादनमुलक समुह परिसुचक ५९  र अन्य समुह परिसुचक ४.३४ अंकले घटेका छन् । 

विहीबारको बजारमा सिर्जना फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । सानिमामार्इ हाइड्रोकाे सेयरमूल्य  आठ प्रतिशत बढीले बढेको छ । यसदिन हिमालयन डिष्टलरीको सेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले घटेको छ । नेपाल ग्रामिण विकास बैंक र काबेली विकास बैंकको सेयरमूल्य  ५ प्रतिशत बढीले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री