शुक्रबार, ७ वैशाख २०८१

नेप्से परिसूचक १२.९७ अंकले घट्यो

समयपोष्ट २०७४ साउन ३१ गते ११:३४

मंगलबार नेप्से परिसूचक १२.९७ अंकले ओरालो लागेर १६२९.१६ अंकमा झरेको छ । यसदिन १६० कम्पनीको  १६ लाख १५ हजार कित्ता सेयर ७८ करोड ३६ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।  मंगलबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी ४ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

Advertisement

यसदिन होटल समुहको बाहेक सबैको परिसुचक घटेका छन् । होटल समुह परिसुचक ३.२ अंकले बढेको छ भने बाणिज्य बैंक १० .८६, विकास बैंक १३.७४, जलविद्युत २४.४९, उत्पादन मुलक २८.३४, बिमा ८८.७६ ,फाइनान्स समूह ३.९६ र अन्य समुह परिसूचक ५.७९ अंकले घटेको छ ।  

यसदिन महालक्ष्मी विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । वल्र्ड मर्चेन्ट फाइनान्सको पनि दश प्रतिशतकै हाराहारीमा सेयरमूल्य बढेको छ ।  हिमालयन डिष्टलरीको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री