बिहीबार, १३ वैशाख २०८१

शिखर इन्स्योरेन्सको नाफा ३७ करोड ५८ लाख रुपैयाँ

समयपोष्ट २०७४ साउन ३१ गते ७:४५

निर्जीवन बीमा कम्पनी  शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा ३० करोड ६६ लाख रुपैयाँ थियो । 

Advertisement

कम्पनीले गत आर्थिक बर्षमा दुर्इ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले दुर्इ अर्ब बीमा शुल्क उठाएको थियो।
कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३० करोड ११ लाख १३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको जगेडा कोषमा ४२ करोड नौ लाख ५७ हजार रुपैंया रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ दुई सय २० रुपैंया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री