बुधबार, १२ वैशाख २०८१

नवीनतम विशेषता सहित सामसुङ ग्यालेक्सी जे ७-म्याक्स नेपाली बजारमा

समयपोष्ट २०७४ साउन २४ गते ७:१४

सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७-म्याक्स मोबाइल नेपाली बजार भित्र्याएको छ । कम्पनीले विभिन्न नविनतम विशेषतहरु सहित यो मोवाईल नेपाली बजार भित्राएको हो । 

Advertisement

ग्यालेक्सी जे७-म्याक्स मोबाइलमा नवीनतम विशेषताहरु  फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी र्‍याम तथा ३२ जिबी मेमोरी तथा अन्य उत्कृष्ट विशेषताहरु रहेका छन् ।  

यसमा सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्‍यामतथा ३२ जिबी रोम मेमोरी तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्ट ग्लो र एडप्टिभ वाइफाई लगायत सुविधाहरु छन् ।

जे७-म्याक्समा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ भने ब्याक क्यामरा मा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ ।

यस्तो विशेष सुविधा यसअघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहँदै आएको थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थामा पनि उत्कृष्ट फोटो तथा सेल्फी खिच्न सक्दछ ।

जे७-म्याक्समा भएको १.६ गिगाहर्ज ओक्टाकोर प्रोशेसर, ४ जीबी र्‍याम,ले निर्वादरुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्छ । यसमा भएको ब्याटि्रले विना रुकावट निरन्तर कार्य गर्दछ ।

ज्यादा टिकाउ हुने ब्याटि्रले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ ।

यसमा भएको एडप्टिभ वाईफाई रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्जबाहिर रहदाँ आफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ ।

यसमा भएको  स्मार्ट ग्लो जसले कलरफुल नोटिफिकेशन दिन्छ, ग्राहकले आफ्नो छनौट अनुसार स्मार्ट ग्लोलाई छनौट गर्नसक्छन् । स्माइल एसिस्ट, स्नूपिङ अलर्ट, मिरर सेल्फी जस्ता सुविधाले थप सहजता प्रदान गर्छन ।

जे७-म्याक्स मोबाइलमा भएको डुअल म्यासेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगइन गरी च्याट गर्न पनि सकिन्छ ।

अर्को सुविधा भनेको इन्स्टा स्विचिङ हो, यो नयाँ सुविधाले एप्स र होम स्क्रीनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ ।

हालको अफर अन्तर्गत जे७ म्याक्स सेट मात्र २८ हजार २९० मा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे ७ म्याक्स मोबाइल अगष्ट रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री