बिहीबार, १५ चैत २०८०

आयल निगमले जग्गा खरीद गर्दा अनियमिता गरेको ठहर

समयपोष्ट २०७४ साउन २० गते ९:०८

सार्वजनिक लेखा समितिले आयल निगमले जग्गा खरीद गर्दा अनियमिता गरेको ठहर गरेको छ । लेखा समितिको शुक्रबार बसेको बैठकले पेट्रोल भण्डारणका लागि निगमले जग्गा खरीद गर्दा  टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गरि अनियमितता गरेको ठहर गरेको  हो । 

Advertisement

निगमका अधिकारीमाथि जग्गा प्राप्तिको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमटोल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपैयाँ अनियमिता गरेको आरोप छ । 

आयल निगमले ७ प्रदेशमा तेल भण्डारणका लागि किनेको जग्गा खरिद प्रक्रियाको अध्ययन गर्दा झापा, चितवन र भैरहवामा सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन नगरिएको, जग्गा खरिद गर्दा जग्गा प्राप्ति ऐन २०३४ लाई मिचेको लेखा समितिको ठहर छ ।

संसदको उपभोक्ता हित संरक्षण समितिले ७ प्रदेशमा इन्धन भण्डारणका लागि सार्वजनिक जग्गा खरिद गर्ने भनी दिएको निर्देशन विपरित निजी क्षेत्रको जग्गा खरिद गरेको पाइएको, जग्गा प्राप्ती ऐनलाई वेवास्ता गरी टेण्टर प्रक्रियामा गएको तथा चलनचल्तीको मुल्य भन्दा बढी रकम तिरेको लेखा समितिको ठहर छ । 

लेखा समिति समिति सभापति डोप्रसाद उपाध्यायले यसबारे अनुसन्धान गरी कारबाही गर्न अख्तिायर पठाउने निर्णय सुनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री