शुक्रबार, १६ चैत २०८०

नबिल बैंकको नाफा ३ अर्ब माथि

समयपोष्ट २०७४ साउन १९ गते ८:०५

गत आर्थिक बर्ष नबिल बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाउँन सफल भएको छ । बैंकको नाफा अघिल्लो बर्षभन्दा २८.८३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्ष बैंकको नाफा २ अर्ब ८१ करोड रुपैयाँ थियो ।

Advertisement

यस्तै बैंकको खुद व्याज आम्दानी २६.२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले फि कमिसनबाट ५७ करोड रुपैयाँ कमाएको छ । अन्य सञ्चालनबाट ३८ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ६४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड पुगेको छ । सेयरमा प्रतिफल दर २७.९४ प्रतिशत छ । प्रतिसेयर आम्दानी ५८.५४ रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ७.८८ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब रहेको छ ।

बैंकको कर्जा लगानी करिब १८ प्रतिशतले बढेर ९१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.६२ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ६.६१ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.३४ रहेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ २ सय ४६ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री