शुक्रबार, ७ वैशाख २०८१

स्वर्णीम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त

समयपोष्ट २०७४ साउन १९ गते ६:३६

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्ले नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रिक्त रहेको पदमा डा .वाग्लेलाई नियुक्त गरेको हो । 

Advertisement

केही दिनअघि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सो पदबाट राजीनामा दिएका थिए । नवनियुक्त डा.वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए । उनले विश्व बैंकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरिसकेका छन् । 

डा.वाग्लेले अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् भने अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनी युएनडीपीको सन् २०१३ को मानव विकास प्रतिवेदन 'द राइज अफ द साउथ'का सहलेखक समेत हुन् । सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका  विज्ञको रुपमा उनी चिनिन्छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री