नेप्सेमा चार विकास बैंकको २ करोड ८ लाख कित्ता हकप्रद सेयर सूचिकृत
समयपोष्ट
२०७४ साउन १८ गते १०:१८
नेपाल स्टक एक्सचेञ्जमा बुधबार चार विकास बैंकको २ करोड ८ लाख ५६ हजार ७६३.६९ कित्ता सेयर सूचिकृत भएको छ ।
बुधबार सबैभन्दा बढि टुरिजम् डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सूचिकृत भयो ।
नेप्सेका अनुसार आज सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ५ .६० कित्ता हकप्रद, मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद र तिनाउ विकास बैंकको ११ लाख ९४ हजार ७९६ .०९ कित्ता सेयर सूचिकृत भएको छ ।
प्रतिक्रिया