बिहीबार, १३ वैशाख २०८१

सोलार आयोजनासँगको ठेक्का सम्झौता रद्ध गर्न लेखा समितिको निर्देशन

समयपोष्ट २०७४ साउन १७ गते ९:५४

२५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्ने गरी अघि बढेको प्रक्रिया स्थगित गर्न संसदको लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको लेखा समिति बैठकले अहिलेसम्म सोलार प्लान्ट स्थापान गर्न अघि बढाइएका प्रक्रिया खारेज गर्दै नयाँ प्रक्रियासहित काम सुरु गर्न निर्देशन दिएको हो । 

Advertisement

चिनियाँ कम्पनी पिङगाओ एण्ड हेरोन जेभीलाई आयोजना जिम्मा दिने गरी भएको निर्णय खारेज गरेर नयाँ टेण्डर गर्न समितिले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

समिति सभापति डोरप्रसाद उपाध्यालले प्राधिकरणले गरेको निर्णय शंकास्पद, विवादास्पद र गैरकानुनी देखिएकाले त्यसलाई स्थगित गरेर नया प्रक्रियबाट कम्पनी छान्न प्राधिकरण र उर्जा मन्त्रालयलाई निर्देशन दिए ।

तत्कालीन कार्यकारी प्रमुख मुकेशकुमार काफ्लेले  पिङगाओ एण्ड हेरोन जेभी तीन अर्ब चार करोड २९ लाख २४ हजार रुपैयाँको ठेक्का दिने निर्णय गरेका थिए । त्यो निर्णयलाई अहिलेको प्राधिकरणको नेतृत्वले पनि निरन्तरता दिएको थियो ।

छनोट गरिएको चिनियाँ कम्पनीलाई विज्ञको टोलीले उचित ठहराएको थिएन । साथै टेन्डरमा कम रकम आह्वान गर्ने कम्पनीहरुको सूचीमा यो कम्पनी दोस्रो नम्बरमा परेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री