शुक्रबार, १६ चैत २०८०

बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय केन्द्र बनाउनु पर्दछः प्रधानमन्त्री

समयपोष्ट २०७३ भदौ १२ गते ५:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०७२ सालको भुकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन ।
बारपाकका भुकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले भने, ‘ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्छ, भुकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन मेरो तर्फबाट पुरै सहयोग र साथ रहनेछ ।’
जिल्लाका सांसदसहित आएको टोलीले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिंदै ज्ञापनपत्र समेत पेश गरेको थियो ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री