शुक्रबार, १४ वैशाख २०८१

जगदम्बा सिमेन्टको ‘ खाली हात नजाने योजना’

समयपोष्ट २०७३ भदौ १० गते १२:०६

जगदम्बा सिमेन्टले दशै र तिहारका लागि उपभोक्ता योजना ल्याएको छ । उद्योगले जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात योजना ल्याएको छ ।

Advertisement

उद्योगका अनुसार उपभोक्ताले जगदम्बाका कुनैपनि उत्पादनको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् । उपभोक्ताले त्यसलाई स्क्रयाच गरी मोटरसाइकल,आईफोन, आईप्याड, टिभी, फ्रिज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राईस कुकर, घडी, फ्यान, आईरन तथा नगद पुरस्कार पाउने उद्योगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो उद्योगका जगदम्बा सिमेण्टका अल्ट्रा प्रिमियम ओपिसी, फोर्स एफ टू आर ओपिसी, जगदम्बा गोल्ड, जगदम्बा एभरलास्ट, अल्ट्रा एक्टिभ, फोर्स, अल्ट्रा अल्टिमो, माउण्ट, शुभश्री जगदम्बा एभरलास्ट लगायतका ब्राण्डहरु उपलब्ध छन् ।

उत्पादनमा गुणस्तरीयता कायम गरिरहने जगदम्बाले बीमा लगायतका कार्यक्रम समेत ल्याएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री