‘महंगी नियन्त्रणभन्दा बाहिर’
राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनले महंगी नियन्त्रणभन्दा बाहिर गएको देखाएको छ । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीको बहानामा बढेको महंगी अझै नियन्त्रण नभएको राष्ट बैकले शुक्रवार जारी गरेको प्रतिवृखनमा उल्लेख छ । राष्ट्र बैंककाअनुसार वाषिर्क औषतमा गत वर्ष ९।९ प्रतिशतले महंगी बढेको छ । जब की अघिल्लो वर्ष जम्मा ७.२ प्रतिशतले मात्रै महंगी बढेको थियो । तर, असार महिनामा भने १०.४ प्रतिशतले महंगी बढेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले गतवर्ष महंगी ८ प्रतिशतभन्दा बढी हुन नदिने लक्ष्य राखेको थियो । तर, भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले महंगी बढाएको हो । ‘२०७२ बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभावका साथै समीक्षा वर्षको शुरुका ६ महिनामा तराईमा भएको लामो बन्द हड्ताल र दक्षिणी सीमा नाकाहरूको अवरोधबाट भएको असहज आपूर्तिको कारण नेपालको मूल्यमा चाप पर्न गएको हो’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीको बहानामा सामान्य चिया पसलमा १० रुपैयाँ पर्ने एक कप चियाको मूल्य २० रुपैयाँ पुग्यो । अवस्था सामान्य भएको ६ महिना हुन लाग्यो । तर, बढेको मुल्य घटाइएको छैन । चिया त उदाहारणमात्रै हो, भूकम्प, मधेस आन्दोलन र नाकाबन्दी बढाइएका कुनैपनि वस्तुको मुल्य घटाइएको छैन ।
दलहन(गेडागुडी, घ्यू(तेल, लत्ता(कपडा, जुत्ता, मसला, घरायसी सामान तथासेवाको मूल्य वृद्धिदर उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुख्य उद्देश्य मुल्यवृद्धि नियन्त्रण तथा मुल्य स्थायित्व हो ।
त्यसैगरी, राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको १०.९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको औसत मुल्य वृद्धिदर ९.२ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षमा यी समूहहरुको औसत मूल्य वृद्धिदर क्रमशः ९.६ प्रतिशत र ५।२ प्रतिशत रहेको थियो ।
दलहन तथा गेडागुडीको मूल्य ३२.७ प्रतिशत, घ्यू तथा तेलको मूल्य १९.५ प्रतिशत र मसलाको मूल्य १३.५ प्रतिशतले बढेकोले खाद्य समुहको वाषिर्क औसत मुद्रास्फीतिदर दोहोरो अंकमा पुगेको हो
लत्ता कपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्यमा क्रमशः १४.२ प्रतिशत र १२.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा गत वर्षमा वाषिर्क औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११.६ प्रतिशत, पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.८ प्रतिशत र तराईमा ८।६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । जबकी अघिल्लो वर्ष यस्तो वृद्धिदर काठमाडौं उपत्यकामा ७.२ प्रतिशत, पहाडमा ७.३ प्रतिशत र तराईमा ७.१ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया