शनिबार, ८ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैंकका दक्षिण एशिया प्रमुख अजय नेपालमा

समयपोष्ट २०७३ भदौ ६ गते २:२१

स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । यो उनको पहिलो औपचारिक नेपाल भ्रमण हो । उनी सन् २०१५को अक्टोबर १ देखि यो पदमा कार्यरत छन् ।यस अघि उनी उत्तरपुर्वी एशियाली मुलुकका क्षेत्रीय प्रमुख कार्यकारी थिए । उनले कन्जुमर बैंकिङको क्षेत्रीय प्रमुख, विभिन्न मुलुकमा स्ट्राटेजिक डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट प्रमुख भएर पनि काम गरेका थिए ।

Advertisement

उनले नेपाल भ्रमणको अवधिमा विभिन्न सरकारी निकायका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने योजना रहेको स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले नेपाल राष्ट्र बैंकका पदाधिकारीसँग पनि भेटघाट गर्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री