शुक्रबार, १४ वैशाख २०८१

निर्मला हत्या प्रकरण: एसपी बिष्टका छोराले बल्ल खोले मुख

समयपोष्ट २०७५ भदौ १२ गते १०:१९

कञ्चनपुरकी निर्मला पन्त हत्यामा संलग्न भनिएका निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफू उक्त हत्याकाण्डमा सामेल नरहेको पुष्टि गरेका छन् । विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’

Advertisement

साथै उनले आफू साउन १० गते जन्म दिन मनाउन व्यस्त रहेकाले बम दिदी बहिनीलाई नचिन्ने दाबी गरेका छन् । उनले बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले भनेका छन्,’ म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहन्छु । ’

उनले विना गल्ती सामाजिक सञ्जाल र मानसिक यातना खेप्नु परेको, इज्जत र करियरमा दाग लगाई भविष्य अन्धकार बनाउन खोजिएकोमा आधिकारीकता पुष्टी नभई विना प्रमाण सूचना प्रेषण गरी अफवाह फैलाउने सामाजिक सञ्जालहरुमाथि छानविन गरी आवश्यक कारवाही गर्न सरकारसँग माग समेत गरेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री