शनिबार, १५ वैशाख २०८१

हाम्रो अर्को उत्पादनमा सिमेन्ट उद्योग आउँछ : प्रदीपकुमार श्रेष्ठ

समयपोष्ट २०७३ साउन ३० गते १३:५२

प्रदीपकुमार श्रेष्ठ,प्रबन्ध निर्देशक ,पञ्चकन्या समुह
तपाईं बुटवल पावर कम्पनीमा पनि हुनुहुन्छ, नेपालको प्रचुर सम्भावना बोकेको जलविद्युत्मा किन लगानी नबढेको होला ?
हाम्रो आफ्नो जे–जति क्षमता छ, त्यसलाई सही किसिमबाट सदुपयोग नगर्दाखेरी देश गरिबीमा भासिएको छ । देश उकास्नका लागि स्वदेशी कच्चा पदार्थमा आधारित केही उद्योग चलाउनुपर्छ । जल नै नेपालको भाग्यरेखा कोर्ने चीज हो । तर, हरेक प्रधानमन्त्री आएर भिजन बनाएजस्तो गर्छन् । कसैले १० वर्षमा १० हजार मेगावाट, कसैले २० वर्षमा २० हजार मेगावाट भन्छन् । तर, त्यसलाई वास्तविकतामा उतार्न कसैले सकेका छैनन् । यो नसक्ने कारण धेरै पनि छन् । एउटा त हाइड्रोपावर एकदम धेरै पुँजी लाग्ने प्राजेक्ट हो । यसमा समय पनि धेरै लाग्छ । यहाँ बैंकको फानान्सिङ क्यापासिटी पनि कमजोर छ । त्योभन्दा पनि मुख्य कुरा एनइए भनेको पर्चेज गर्ने विद्युत् किन्ने नकिन्ने भन्ने उसको आफ्नो सोचको कुरा हो । यो प्रक्रिया पनि धेरै झन्झटिलो छ । चाहेर पनि उत्पादन गर्ने संस्था व्यक्तिले म यति दिनभित्रमा लगानी गरेर यसको उत्पादन यति दिनमा गर्न सक्छौं भन्ने सोच वास्तविकतामा उतार्न सकिरहेको छैन । हरेक तहमा समस्या देखिरहेको छ । वनको समस्या छ, रूख कटान धेरै संघर्ष गर्नुपर्छ, अर्को ठूलो समस्या भनेको ट्रान्समिसनको लाइन छ । स्किल म्यानपावरको पनि समस्या छ । स्थानीय समुदायले पनि जुन किसिमको सहकार्य, सहयोग गर्नुपर्ने हो, त्यो देखिएको छैन । यत्रो समस्याको बाबजुद पनि केही आईपीपी जेनेरेसन गर्ने प्रयासमा छ तर ढिला भइरहेको छ । ढिला हुँदा कस्ट अफ प्रोडक्सन बढ्छ । नेपालको भविष्य भनेको जलविद्युत् शक्तिबाट नै हो । त्यो शक्तिलाई साथमा लिएर अगाडि लैजान सक्यो भनेमात्र त्यसको परिणाम र त्यसले प्रतिफल हामीलाई बाँड्ने हो, नभए खोला बग्दै जान्छ त्यो रोकेर रोकिँदैन ।
तपाईं सार्क चेम्बरमा पनि हुनुहुन्छ, यहाँ जलविद्युत्मा लगानी गर्न कत्तिको चासो देखाउँछन् ?
मुख्य समस्या भनेको नेपालको अस्थिर राजनीति नै हो । कुनै पनि लगानीकर्ता यहाँ तालिम लिन आउने होइन । यसको रिटर्न ५०÷६० वर्षमा आउने भएकाले सबैभन्दा पहिला जसले पनि स्थायित्व खोज्छ । जुन कुरा नेपालमा छैन । अर्कोतिर प्रक्रियागत कुरा झन्झटिला छन् । लगानी गर्न बैंकमा पुँजी छैन । हामीले भन्नेबित्तिकै आउने त होइन । पहिला त स्वदेशी लगानीकर्तालाई नै चित्तबुझ्दो हुनुप¥यो । स्वदेशीले नै चित्त बुझाएको छैन भने विदेशीले किन गर्छ प्रश्न आउँछ । यो भन्दैमा कामै नगर्ने त होइन तर जुन रफ्तारमा हुनुपर्ने हो त्यो भइरहेको छैन ।
तपाईं प्रमुख रहेको पञ्चकन्याको अवस्था कस्तो छ ?
पञ्चकन्याको स्थापना भएको झन्डै ४२÷४३ वर्ष नै भइसकेको छ । यो लामो इतिहास बोकेको औद्योगिक घराना हो । अहिले नेपालमा पञ्चकन्यालाई नचिन्ने अलि कमै होलान् । हामीले आफ्ना उत्पादन निर्माण सामग्रीसँग सम्बन्धित सामग्री नै उत्पादन गर्दै आएका छौं । टेडिङ पनि हामी धेरै गर्छौं । हामीले पूर्वदेखि पश्चिमसम्म करिब १०÷१२ वटा उद्योग सञ्चालन गरेका छौं । हाम्रो उत्पादनमा केहिले पनि कम्प्रोमाइज गरेका छैनौं । पञ्चकन्या सधैं एक कमद अगाडि भनेर हामीले जुन स्लोगान राखेका छौं, यो राख्नाको एउटा कारण हामीले धेरैजसो उद्योग पहिलोपटक आफैंले नै स्थापना गरेको हो । हामीले अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड पनि धेरै पाएका छौं । यसबाट पनि थाहा हुन्छ, हामीले गुणस्तरलाई मुख्य जोड दिएका छौं । अहिले पनि हामीले १ हजारभन्दा धेरैलाई रोजगारी दिएका छौं । तेस्रो पुस्तामा काम सरिसकेको छ । हामीले एक÷दुई वर्षको अन्तरालमा नयाँ प्राडक्ट पनि लन्च गर्दै आएका छौं । यसपटक भूकम्पपश्चात् नेपालमा पहिलोपटक स्टिल लाइट घर निर्माण गरिरहेका छौं । यसले ९ रेक्टर स्केलसम्मको भूकम्प धान्न सक्छ भने यसको आयु ५०÷६० वर्षको हुन्छ । यसले निर्माणमा नयाँ आयाम थपेको छ ।
सिमेन्ट उद्योग सञ्चालन गर्ने प्रक्रिया कहाँ पुग्यो ?
सिमेन्टका लागि हामीले माइन्ड किनिसकेका छौं । जग्गा जमिन किन्ने काम पनि सुरु भइसकेको छ । सकभर आउने सालभित्रमा यो उत्पादन ल्याउने भन्ने एउटा सोच थियो । तर, भूकम्प आइसकेपछि केही समय ढिला भएको हो । हाम्रो अर्को उत्पादनमा सिमेन्ट उद्योग आउँछ ।

Advertisement

पञ्चकन्या तीन पुस्तामा आयो भन्नुभयो, अब यही पुस्ताले मात्रै चलाउँदै जाने पब्लिकलाई सेयर दिएर अझ लगानी बढाएर जाने ?
प्रायःजसो यहाँको अर्गनाइजेसन जति ठूलो भने पनि अन्तर्राष्ट्रियस्तरमा एकदम सानो नै हुन्छ । तर, अबको दिन पब्लिकमा जानुपर्ने आइसक्यो । पञ्चकन्याको जुन एउटा गुडविल छ, त्यसलाई हामीले क्यापिटलाइज गर्नुपर्ने हुन्छ । पञ्चकन्याले कुनै पनि भोलिको दिनमा पब्लिकमा लैजानुपर्ने सल्लाह पनि हामीले लिइरहेका छौं । यससँग जोडिएका एक÷दुईवटा पब्लिकसँग जोडिसकेको छ । नेपाल बिटुमिन एन्ड ब्यारल उद्योग पब्लिक कम्पनी नै हो । सिमेन्टमा जाँदै छौं, हाइड्रोपावर पनि अन्तिम अवस्थामा पुगेको छ, त्यो पनि पब्लिकमै लैजान्छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री