बिहीबार, १३ वैशाख २०८१

निर्मला पन्त हत्या प्रकरण: शंकाको घेरामा एसपी विष्टकै छोरा

समयपोष्ट २०७५ भदौ ९ गते १३:३९

गृह मन्त्रालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । कञ्चनपुर घटनामा विष्टको भूमिका संकास्पद रहेको देखिएकाले विष्टलाई निलम्बन गरिएको हो ।

Advertisement

तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

स्थानीयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै आन्दोलन कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् ।

आन्दोलनकै क्रममा भीडलाई तितरबितर पार्न गोली चलाएपछि भदौ ७ मा उनीसहित डीएसपी र प्रजिअसमेतलाई गृह मन्त्रालयले कञ्चनपुरको जिम्मेवारीबाट हटाएको थियो ।

त्यसलगत्तै मन्त्रालयले सिडीओको रुपमा तारानाथ अधिकारीलाई जिम्मेवारी दिएको छ भने प्रहरी प्रमु्खका रुपमा एसपी कुबेर कठायतलाई पठाइएको छ । यसैगरी डीएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि जिम्मेवारीबाट हटाएर सरकारले उनको ठाउँमा कृष्णराज ओझालाई पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री