शनिबार, ८ वैशाख २०८१

सम्पदाहरुकाे पहिचान र संरक्षण गर्न पदयात्रा

समयपोष्ट २०७५ भदौ ९ गते ९:३३

काठमाडाैँकाे उत्तरीभेकका टाेखा र बुढानिलकण्ठ नगरपालिकाभित्र पर्ने बिभिन्न धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुकाे पहिचान र संरक्षण तथा सम्बर्धन गर्ने हेतुले पदयात्रा गरिने भएकाे छ ।

Advertisement

टाेखा बुढानीलकण्ठ पर्यटन प्रबर्धन पदयात्रा नामका यस कार्यक्रमकाे संयाेजन प्रदेश नं ३ का सांसद तथा नेता दीपक निराैलाले गरेका हुन् ।

केही दिन अघि बुढानिलकण्ठ क्षेत्रकाे बिभिन्न धार्मिक एवम् प्राकृतिक क्षेत्र पदयात्रा कार्यक्रम गरेर त्यस क्षेत्रकाे गरिमा एवम् महिमालाइ उजागर गर्न भूमिका खेलेका सांसद निराैलाले पदयात्राकाे श्रृंखला २ भनेर अागामी भाद्र १८ गते टाेखा तथा बुढानिलकण्ठ क्षेत्रका केही महत्वपूर्ण स्थानहरूमा पदयात्रा गर्ने कार्यक्रम अायाेजना गरेका हुन् ।

राजधानीमा अाज पत्रकार सम्मेलनमा बाेल्दै सांसद निराैलाले याे पदयात्रामा यस भेकका स्कूलहरुका प्रधानअध्यापकहरूलाइ विशेष सहभागि गराउने बताए । टाेखा तथा बुढानिलकण्ठ क्षेत्रमा ३०० काे हाराहारी विद्यालय रहेकाे तर यहाँकाे अत्यन्त महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका बारेमा भने विद्यालयलाइ खासै जानकारी नभएकाेले यहाँका विद्यार्थीहरूलाइ प्रत्यक्ष जानकारी हाेस् भन्ने हेतुले पदयात्रामा प्रअहरूलाइ लैजाने याेजना बनाएकाे संयाेजक निराैला बताए ।

टाेखा तथा बुढानिलकण्ठ क्षेत्रमा रहेका विद्यालयका प्रधानअध्यापकहरूकाेसमेत उपस्थितिमा अायाेजित पत्रकार सम्मेलनमा प्रधानअध्यापकहरू पनि पदयात्राप्रति निकै उत्साहित थिए । विश्वमै महत्वपूर्ण मानिने धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक महत्वका स्थानहरू घुम्न पाइने र साे कुरा विद्यार्थीहरूलाइ जानकारी दिन पाइने विषयमा प्रअहरूले खुलेर सहभागि बन्ने बताएका थिए । उनीहरूले यस भेकका सबै स्कूल तथा अन्य व्यक्तिहरूलाइ सहभागि बनाउने पनि जानकारी दिए । प्रअहरूले सबैलाइ पदयात्रामा सहभागि हुन अाग्रह पनि गरे ।

पत्रकार सम्मेलनमा स्थानीय पत्रकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । अाफ्नै गाउँठाउँमा रहेका महत्वपूर्ण सम्पदाहरूकाे भ्रमण, अध्ययन एवम् रिपाेर्टिङ गर्ने अवसरप्रति पत्रकारहरूले खुशी व्यक्त गरे । याे पदयात्रा कार्यक्रमलाइ स्थानीय पत्रकार तथा संचारमाध्यमले महत्वकासाथ प्रचारप्रसार गरिरहेका छन् । पत्रकारहरूले पनि सबैलाइ यस पदयात्रा कार्यक्रममा सहभागि हुने अाग्रह गरे ।

भाद्र १८ गते बिहान ७ बजे सांस्कृतिक नगरी टाेखा गणेस्थानबाट सुरू हुने पदयात्रा सपनतीर्थ, बज्रयाेगिनी मन्दिर, टाेखाचण्डेश्वरी मन्दिर, शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जकाे केहि प्राकृतिक भागबाट इस्काेन मन्दिरहुँदै खप्तड बाबाकाे महासमाधिस्थलमा गएर टुङ्गिनेछ । करिब ५ घण्टा लामाे पदयात्राले यस क्षेत्रका महत्वपूर्ण सम्पदाहरूकाे महत्वबारे प्रधानअध्यपकमार्फत विद्यार्थी, विद्यार्थीमार्फत अभिभावकसम्म पुर्याउने याेजना सफल हुने संयाेजक सांसद निराैलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री