शनिबार, ८ वैशाख २०८१

नेपालमा खपत भएको विद्युत् बंगलादेश निर्यात गरिने, ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा अन्य के-के कुरा समेटिए ?

समयपोष्ट २०७५ साउन २५ गते ८:०६

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद शुक्रबार हस्ताक्षर गरे ।

Advertisement

समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन् ।

समझदारीमा हस्ताक्षरपछि बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशमा स्थायी सरकार रहेकाले दुवै देशबीचको ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गरे । उनले भारत हुँदै आफ्नो देशमा ऊर्जा भित्र्याउन भारतीय पक्षसँग छलफल गर्ने बताए ।

ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने बताए । यसबारे औपचारिक प्रस्ताव कुटनीतिक संयन्त्रमार्फत पठाइने बताए । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यको लागि पनि छलफल अघि बढाइने बताए ।

उर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनले पनि यस्तै उर्जा सहकार्य सम्बन्धी सम्झौताहरु भइसकेको छ । विद्युतको उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ । बंगलादेशले विद्युत् भित्र्याउन भुटानमापनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ ।

नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ । स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ । नेपालमा खपत भएर बाँकी भएको विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री