माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८२ भदौ १३ गते १९:५८

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। माछापुच्छ्रे बैंक यो आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।



























प्रतिक्रिया