राष्ट्र बैंकले २ अर्ब ७७ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
समयपोष्ट
२०८२ भदौ ६ गते १५:३५
	

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न बैंकहरूलाई आह्वान गरेको छ।
राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्नेछ।
यो लगानी भदौ २६ गतेबाट सुरु भई ३६६ दिनसम्म रहनेछ। वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, र वित्त कम्पनीहरूले तोकिएको रकमका लागि प्रतिस्पर्धात्मक ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्।
 



























 
	
प्रतिक्रिया