भारतीय सहयोगमा हेला खोलामा निर्मित ‘मोडुलर बेलिब्रिज’ को समुद्धघाटन
हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ ।
उक्त पुलको भारतीय राजदूत नवीन श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा आज उद्घाटन गर्नुभयो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा जडान गरिएको नेपालकै लामो ७० मिटरको बेलिब्रिज हो ।
सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरिएको हो । निर्माण प्रक्रियामा नेपालका ३५ जना पेशेवरहरूले मोडुलर पुल निर्माणको प्रत्यक्ष अनुभव हासिल गरे । जसले यो विशेष क्षेत्रमा क्षमता अभिवृद्धिमा योगदान पुर्याएको छ।
भारतले सन् २०२४ सेप्टेम्बरमा आएको बाढीपछिको पुनर्स्थापना कार्यका लागि नेपाललाई १० वटा प्रि-फ्याब्रिकेटेड स्टिल पुल प्रदान गरेको थियो। यी पुलहरू बाढीले क्षतिग्रस्त सडक पूर्वाधार पुनर्स्थापना गर्न र सम्पर्क सञ्जाल विस्तार गर्नका लागि ४० करोडभन्दा बढीको अनुदानमा उपलब्ध गराइएको हो।
प्रतिक्रिया