अपर तामाकोशीको सञ्चित नोक्सानी १२ अर्ब १८ करोड
समयपोष्ट
२०८२ साउन ३० गते १५:१२

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नोक्सानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा केही कम हो। अघिल्लो वर्ष कम्पनीको नोक्सानी २ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ थियो।
वित्तीय विवरणअनुसार कम्पनीको सञ्चित नोक्सानी १२ अर्ब १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ८८ करोड ११ लाख रुपैयाँ थियो। यो वृद्धिले कम्पनीको वित्तीय अवस्था थप कमजोर बनेको संकेत गरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा १२.१५ रुपैयाँले ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष ११.९१ रुपैयाँले ऋणात्मक थियो। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ अघिल्लो वर्षको ५७.४८ रुपैयाँबाट घटेर ४५.३४ रुपैयाँमा झरेको छ।



























प्रतिक्रिया