आइतबार, २ कार्तिक २०८२

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा १०४.४० प्रतिशतले वृद्धि

समयपोष्ट २०८१ साउन ३० गते ९:०६

Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफाआर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०४.४० प्रतिशतले वृद्धि भएको हो ।

असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११३.०८ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १३ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

Advertisement

कम्पनीले यस अवधिमा ४ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२२.४० प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४८ करोड ९५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ३७ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२७.०३ रुपैयाँ रहेको छ ।

४ अर्ब २९ करोड शेयर पूँजी भएको कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ करोड ९३ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ९ करोड ६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ९५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ३२ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ४०.४९ प्रतिशतले वृद्धि भएर १० अर्ब २८ करोड पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री