आइतबार, २ कार्तिक २०८२

सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु

समयपोष्ट २०८१ साउन २० गते १३:२३

Advertisement

नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्द मारु निर्वाचित भएका छन् ।

संघको नयाँ कार्यसमितिको लागि गत शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशकसमेत रहेका मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

संघको २० औं वार्षिक साधारण सभाले आगामी तीन वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो अध्यक्ष मारु विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।

संघको नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा धुव्र थापा, उपाध्यक्षमा तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण चयन भएका छन् ।

Advertisement

नवनिर्वाचित अध्यक्ष मारुले नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दिर्घकालिन तथा अल्पकालिन समस्याहरुको समाधान, स्थायित्व, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता विषयमा सरकारसँग सहकार्य गरी अघि बढ्ने योजना रहेको बताए ।

साथै उनले सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिएर यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत्, बैंङकिङ तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री