मंगलबार, ३१ असार २०८२

कुमारी बैंक र इ एम एफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता

समयपोष्ट २०८० साउन १७ गते १८:३४

Advertisement

कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ ।

सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले,EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको छ।

EMF माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले सान तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ। यस अघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका MSMEs लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा SA, SICAV-SIF सँग ECB सफलतापूर्वक पूरा गरिसकेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटिएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री