मंगलबार, २५ वैशाख २०८१

पीटीसीले किन्ने भयो पश्चिम सेती र सेती नदी-६ को बिजुली

समयपोष्ट २०७९ भदौ १५ गते १४:२१

Advertisement

पश्चिम सेती र सेती–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली भारतको नेश्नल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) इन्डियाले बिक्री गर्ने भएको छ ।

एनएचपीसीले भारतकै पावर ट्रेडिङ कम्पनी (पीटीसी)सँग दुई आयोजनाबाट उत्पादित बिजुली बेच्न समझदारी गरेको छ ।

समझदारीपत्रमा मंगलबार एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंह र पीटीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीवकुमार मिश्रले हस्ताक्षर गरेका छन् ।

लगानी बोर्डको कार्यालय काठमाडौंले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ विकासको जिम्मा एनएचपीसीलाई दिएको छ। दुई आयोजनाको जडित क्षमता १२०० मेगावाट छ। जसको २१.९ प्रतिशत अर्थात २६२.८ मेगावाट नेपालले निःशुल्क पाउनेछ। बाँकी विद्युत पीटीसी इण्डियाले खरिद गर्नेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री