जस्मिन पेन्ट्सको ‘वर्षै भरी हर्ष’ योजना सञ्चालनमा

जस्मिन पेन्ट्सले चाडपर्व नजिकिएसँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ ‘वर्षै भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याएको छ ।

Advertisement

यस योजना मार्फत जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूमध्ये ‘लक्की ड्र’ मार्फत प्रत्येक महिना एक सय १२ जनाले विभिन्न उपहारहरू प्राप्त गर्नेछन्। जस अन्तर्गत प्रत्येक महिना एक जनाले नगद एक लाख रुपैयाँ, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राइस कुकर र एक सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्नेछन्।

यस उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनिवार्य रूपमा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्नुपर्ने छ । ७५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको खरिदमा एउटा कुपन, एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्मको खरिदमा दुई वटा कुपन र एक लाख ५० हजार रुपैयाँदेखि माथिको खरिदमा तीन वटा कुपन ग्राहकहरूलाई प्रदान गरिने छ ।

सोही कुपनको अर्धकट्टीलाई ‘लक्की ड्र’ मा समावेश गरिने छ। यसरी लक्की–ड्र मा समावेश गरिएका कुपनहरू बाटै प्रत्येक महिना एक सय १२ जना भाग्यशाली बिजेता बन्ने कम्पनीले बताएको छ। यो योजना भदौ १ गतेदेखि लागु भएको छ भने २०८० साउन मसान्तसम्म सञ्चालनमा आउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री