बुधबार, १९ वैशाख २०८१

चिनियाँ अदालतले गर्यो हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला

समयपोष्ट २०७९ साउन १८ गते १३:४०

Advertisement

मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ ।

ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ ।

फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले नोभेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरुको पक्षमा फैसला गरेको थियो । तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन बैंक र बैंक अफ काठमाडौंले सन् २००८ मा चाईना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री