बिहीबार, ३ जेठ २०८१

विद्युतिय दुर्घटनामा दशको मृत्यु

समयपोष्ट २०७९ साउन १६ गते १३:०९

Advertisement

विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री