बिहीबार, ३ जेठ २०८१

सुर्खेत-दैलेख १३२ केभी विद्युत प्रसारणलाइन निर्माण अघि बढ्ने, तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य

समयपोष्ट २०७९ साउन १६ गते ११:१५

Advertisement

सुर्खेत-दैलेख १३२ केभी विद्युत प्रसारणलाइन निर्माण अघि बढ्ने भएको छ ।

प्रसारणलाइन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्राधिकरणको सुर्खेत सवस्टेशनदेखि दैलेखको ढुंगेश्वर नगरपालिकाको चुप्रामा प्रस्तावित दैलेख सवस्टेशनसम्म निर्माण हुनेछ।

यो प्रसारणलाइनले २०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ। डबल सर्किटमा निर्माण गर्न लागिएको प्रसारणलाइन करिब ३२.०५ किलोमिटर लम्बाइको हुनेछ।

विद्युत विकास विभागले सूचना निकालेर प्रसारणलाइन निर्माण तथा संचालन गर्दा प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

Advertisement

प्रसारणलाइनमा ८८ वटा सिंगल टावर तथा १९ वटा सस्पेन्सन टावरहरु रहने छ। जमिनको सतहबाट टावरको उचाइ २७ देखि ३७ मिटरसम्म रहने छ। टावरहरु बीचको दुरी ७५ देखि ६२० मिटर हुनेछ।

आयोजना निर्माणका लागि ६२.३१२ हेक्टर जमिन आवश्यक पर्छ। जसमध्ये विद्युत मार्गधिकार क्षेत्रका लागि ५५.३५ हेक्टर, टावर निर्माणका लागि २.४०९ हेक्टर जमिन आवश्यक पर्छ।

सवस्टेशनका लागि ३.०५३ हेक्टर र भण्डारण तथा शिविरका लागि १.५ हेक्टर प्रयोग गरिनेछ।

यो प्रसारणलाइनको क्षेत्राधिकार विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्युनतम दुरीमा नघटाइ प्राविधिक दृष्टिकोणबाट कुल १८ मिटर (मध्य विन्दुबाट ९/९ मिटर दायाँ /बायाँ) कायम गरिनेछ।

यो प्रसारणलाइन ३ वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री